राजनीति

नेता रावल आफ्नै सरकारसँग फयरः बिदेशीको लगानीमा राष्ट्रपति जोडिनु असंबैधानिक र अनैतिक

काठमाण्डौ । नेकपाका नेता भीम रावलले राष्ट्रपनि बिद्यादेवी भण्डारीले विदेशीको उपस्थितिमा राष्ट्रिय पोषण अभियान राष्ट्रपतिले घोषणा गर्नु गलत भएको भन्दै प्रश्न गरेका छन् । नेता रावलले ट्वीट गर्दै काँग्रेस साँसद विनोद चौधरी । योजना आयोगका पुर्व उपाधयक्ष स्वर्णीम वाग्लेद्वारा संचालित फाउण्डेसन र विलगेट्स फाउण्डेशनको लागानीमा बालबालीकालाई पोषण कार्यक्रम गर्नु पुजीपतिलाई संरक्षण गर्ने नीति भएको टिप्पणी गरेका छन् ।

पुर्बगृहमन्त्री समेत रहेका नेता रावलले यस्तो विदेशी ब्यक्तीले गरेको सहयोगका राष्ट्रपति जस्तो गरिमामय संस्था सहभागी हुनु गलत हुने तर्क गरेका छन् । नेता रावलले अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ? भन्दै प्रश्न गरेका छन् । उनले कूटनीतिरपरराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ? भन्दै थपेका छन् । नेता रावल राष्ट्रबादी कम्युनिष्टमा पर्दछन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले भर्खरैमात्र उक्त कार्यक्रमको उद्घाटन गरेपनि नेता रावल आफ्नै पार्टीबाट सिफारिक भएकी उनी बिरुद्ध फायर भएका हुन् ।

“नेकां सांसद विनोद चौधरीको फाउण्डेशन र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेद्वारा संचालित तथा विल गेट्स फाउण्डेशनको रकम प्राप्त गैरसरकारी संस्थालाई कैमेल चिण्डा लगायतका विदेशीको उपस्थितिमा राष्ट्रिय पोषण अभियन्ता राष्ट्रपति कार्यालयबाट राष्ट्रपतिले घोषणा गर्नुभएको छ। नीजि विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति कार्यालयबाट राष्ट्रिय पोषण अभियानको अभियन्ता घोषणा गराउन प्रमं कार्यालय, परराष्ट्र मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय मध्ये कसले निर्णय गरेको होला? यस्तो काममा अन्यत्र कतै संवैधानिक राष्ट्रपतिको संस्था संलग्न हुन्छ कि ? विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ? यो कुनै रंगको कूटनीतिरपरराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ?”