राजनीति

सपना बाढ्नु भन्दा जनताका न्युनतम् समस्या समाधान गर्न ओली सरकारलाई प्रकाशमानको चुनौती

काठमाण्डौ । राजधानीमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाश मान सिँहले कांग्रेस कार्यकर्ताहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने भएकाले गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् ।

फरक प्रसंगमा बोल्दै बर्तमान सरकारले जन्ताले दिएको म्यान्डेड पुरागर्न नसकेको बताएका छन्। बजार महगि, चरम असुरक्षा नैतिक आचरणमा समेत हरेक दिनका गति बिधिले दुईतिहाईको हैसित जनता सामु छर्लङ्ग भईसकेकाले सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । सरकार ले राम्रो काम गरोस भन्ने जनचाहानालाई समयमानै सम्बोधन गर्न अझै पनि सचेत रहोस भन्दै कांग्रेस जिम्मेवार प्रतिपक्षीको भुमिका खेल्ने बताएका छन् ।

सरकार हरेक दिन अनावश्यक बिषयमा मुछिदै जानू जनतामा निरासा बढ्दै जानूले लोकतान्त्रिक ब्यवस्था नै कमजोर बनदै गएको तर्फ सचेत रहन समेतआग्रह गरेका छन् । काठमाडौं महानगरको अकर्मण्यताका कारणले अहिले राजधानीमा कुरुप भएर जनजिवन अस्थब्यत भएको आरोप लगाउदै ठुला ठुला कुरा र सपना बाढ्नु भन्दा राजधानीका जनताले भोग्नु परेका न्युनतम् समस्याको समाधान खोन्न समेत सुझाव दिएका छन् ।

नेता सिंहले जनताको विजोग भईरहेका बेला दुईतिहाई मतको केपी शर्मा ओली सरकारले ठूला कुरा गर्न अझै नछाडेकोमा आश्चार्य लागेको बताए ।