आर्थिक

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टिम आज नेपाल आईपुग्ने

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम आज ९शनिबार० नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर सुमन राज कार्कीले एमसीसीको टिम बिहान १०.३० बजे नेपाल आईपुग्ने जानकारी गराएका छन् । एक साता नेपालमा रहने एमसीसीको टिमले राष्ट्रिय टिमसँग टी(ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ । एमसीसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरिसकेको छ ।

यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ । त्यस्तै एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो ।

नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।

एमसीसीसँगको खेल तालिका 

३ नोभेम्बर स् एमसीसीविरुद्ध नेपाल यू(१९ ९५० ओभर०

४ नोभेम्बर स् एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम ९५० ओभर ०

६ देखि ८ नोभेम्बर स् एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम ९तीन दिवसिय०

९ नोभेम्बर स् एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू(१९ टिम ९टी(ट्वान्टी०

पोखरामा हुने खेल 

११ नोभेम्बर स् एमसीसीविरुद्ध पोखरा आमन्त्रण(११ ९२० ओभर०
१२ नोभेम्बर स् एमसीसीविरुद्ध मुख्य मन्त्री (११ ९२० ओभर०