राजनीति

काँग्रेस बैठकः धरानमा तिलक सर्बसम्मत्, देशभरका बाँकी उमेर्द्वार टुंगो लगाउन पदाधिकारीलाई जिम्मा

काठमाण्डौ । नेपाली काँग्रेसले उप निबाचनका लागि स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा उमेदवार टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई दिईएको छ । आज बसेको केन्द्र्रीय समिति बैठकमा काँग्रेस महामन्त्री डा शसाँक कोईरालाले गरेको प्रस्तावमा छलफलपछि उक्त पस्ताव पास गरेको हो । पदाधिकारीमा बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद पिसटौलाको नाम पनि आमन्त्रीत सदस्यको रुपमा थप गरिएको छ ।

आजको बैठकमा पार्टीका महामन्त्री डा।शशांक कोइरालाको प्रस्तावमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलवहादुर केसी, महेश आचार्य, एन.पी.साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलपछिको पहिलो निर्णयमा ‘२०७६ साल मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं। २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (८) (घ) र (ङ) बमोजिमको कार्यसम्पादन गर्न र बाग्लुङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.२, भक्तपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र दाङ्ग प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (७) (ङ) र (च) बमोजिमको कार्य सम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ । केन्द्रीय पदाधिकारीको बैठकले उल्लेखित पदको उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीको तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ ।’ भनिएको छ ।

पार्टीको आजको दोस्रो निर्णयमा सुनसरी जिल्ला कार्यसमितिले सर्बसम्मत् उमेद्वारका रुपमा सिफारिस गरेका तिलक राईलाई नै मेयरको उमेदार सदर गरेको छ । अघिल्लो स्थानीय तहको निर्बाचनमा उनी नै मेयरका प्रत्यासी थिए । तत्कालीन एमालेका तारा सुब्बासंग ४ हजारको हाराहारीमा उनी पराजित भएका थिए ।