आर्थिक

सन्राइज बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । सन्राइज बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीकोे ५.८० प्रतिशतका दरले हुने रु. सतचालीस करोड, अठ्ठाईस लाख, अठ्चालीस हजार, दुई सय, उनान्चालीस रुपैयाँ र पैसा छत्तीस मात्र) बराबरको नगद लाभांश वितरण (बोनस शेयर र नगद लाभांश कर प्रयोजनार्थ समेत) र १० प्रतिशतका दरले एकासी, करोड, बाउन्न लाख, पचपन्न हजार, पाँच सय, पचासी रुपैयाँ र दश पैसा बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैंक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी रु. ८ अर्ब १५ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर समेत आठ अरब, छयानब्बे करोड, अठहत्तर लाख, एघार हजार, चार सय, छत्तिस कायम भएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पर्याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।