समाचार

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामना सहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।