समाचार

बलात्कार आरोमा फक्राउ सभामुख महराको बयान सुरुः के आजै छुट्छन होला त ?

काठमाडौं । संसद सचीवालयकि कर्मचारीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा आज न्यायधीश सुदर्शनराज पाण्डेको इजालसमा बयान चलिरहेको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । श्रेष्ठले भने महराको बयान समयमै सकिए आजै र बाँकी रहेको खण्डमा आइतबार थुकछेक सम्बन्धी बहस हुनेछ। बहसपछि न्यायाधीशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश दिन सक्नेछन् ।

महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा बिहीबार अभियोगपत्र दायर भएको थियो। संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन् । असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक ९पक्राउ परेदेखि १३ दिन० थुनामा राख्न म्याद दिएको थियो ।

त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो । अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो ।

अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ । उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।