आर्थिक

सांग्रिला डेभलपमेन्टले बार्षिक उत्सवमा रक्त्तदान र प्रभातफेरी गर्ने

काठमाण्डौ । बालुुवाटार, काठमाण्डौंमा केन्द्रीयकार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५औं बर्ष पुुरा गरी १६ औं बर्षमा प्रवेश गरेकोछ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५औं बार्षिक उत्सव मनाइएको हो । आजबिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वकार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान”भन्ने भावार्थलाई मनन् गरी रगतको अभावनहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा कात्तिक १५ गते शुक्रबार रक्तदान कार्यक्रमगर्ने र कात्तिक १६ गते शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रमगर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।