आर्थिक

माछापुच्छ्रे बैंकको संचालकमा सिग्देल नियुक्त

काठमाण्डौ । ममाछापुच्छ्रे बैंक लिमिटेडको कात्तिक ०८ मा बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंक पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।