समाचार

डा पाण्डेको दाबीः प्रधानमन्त्री आज कन्फर्म डिस्चार्ज हुनुहुन्छ

काठमाण्डौ । काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना भएका थिए ।

उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ । दुईएपटक सम्म डायलशिस गरिएका प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्शक डा चक्रराज पाण्डेले बताए । बुधबार चेकअपका लागि भर्ना गरिएको प्रधानमन्त्रीलाई एक्कासी इमर्जेन्सीमा भर्ना गरिएको थियो । बुधबार पनि स्वास्थ्यस्थीति सामान्य भएको भन्दै प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने समभावना रहेको अस्पतालले दाबी गरेको थियो । साँझासम्म उनी डिस्चार्ज भएका छैनन् ।

डा पाण्डेले केही गोपनीयताका कारण प्रधानमन्त्रीको स्वास्थ्य स्थीतिको बारेमा अस्पतालले स्पष्ट नपारेको स्वीकार गर्दै राती ९ बजेसम्ममा डिस्चार्ज गरिने बताए ।