राजनीति

२८ मानिस मारिएको गौर घटनामा उपेन्द्र यादब तानिने संकेत, यस्तो थियो सुन्नपनि गाह्रो हुने बर्बर घटना

काठमाण्डौ । कानुनी राज्यका लागि बर्तमान सरकारले सभामुखको पदमा आशीन रहेका शक्तीसाली ब्यक्ती रहेका कृष्णबहादुर महरालाई हिराशतमा राखेको छ । बलात्कारको अभियोगमा त्याति उपल्लो स्तरका ब्यक्तीलाई अनुसंधानका लागि प्रहरीलाई सहयोग गर्नु नेकपा सरकारको सही कदमको रुपमा सचेत नेपाली जनताले लिएका छन् । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री अफ्ताव आलम पनि अनुसंधानका लागि रौतहट प्रहरीको हिरासतमा छन् ।

यसैबेला नेपाल सरकारका उपप्रधानमन्त्री एबम् स्वास्थ्य मन्त्री उपेन्द्र यादबको नेतृत्वमा ०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारमा २८ जना मानिस बिशेषगरी माओबादी मारिएको घटना र एक युवतीमाथी प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेको महिला हिंशाको कुरा सामाजिक संजाल लगायतमा व्यापक छाईरहेको देखिन्छ । सभामुख महरालाई बलात्कारको अभियोग दर्ता हुनेबित्तिकै प्रहरीले पक्रा गर्ने तर उनीहरुलाई नपक्रने प्रहरीको नियतमा सर्बसाधारणले शंका गरेका छन् ।
गौरमा माओबादी निकट मधेशी मोर्चा र उपेनद्य्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने कुरामा बिबाद भएको र पछि कार्यक्रम पनि गरिएको तर कार्यक्रम गर्दा उपेन्द्र यादबका कार्यकर्ताले माओबादी निकट मधेशी मोर्चाका कार्यकर्तालाई लाठी मुंग्रा, भाला, एके ४७ राईफल लगायतले हानेर २८ जना मारेको आरोप लगाईएको थियो ।

कार्यक्रम जुधेपछि फोरमका जिल्ला अध्यक्षलाई माओबादीले सार्न अनुरोध गरेका थिए । ६० मिटरको दूरीको फरकमा कार्यक्रम गर्ने सहमती भयो । कार्यक्रम सकिएपछि मोर्चाको कार्यक्रम तोडफोड गर्न उनीहरु लागेको आरोप छ । भारतीय पेसेवार अपराधीहरु रौतहट झिकाएर अचानक फायर गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार तत्काल नै दौरानमा पाँच जना घटनाथलमै मारिएका थिए ।

उक्त घटनामा रेखा परियार, उषा थापा र सरती उप्रतीलाई फोरमका कायकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी बाँसका लाठीले योनीमा घोचेर काटेर तड्पाई–तड्पाई जिउँदै आगो लगाएको समाचार आएको थियो । महिलाहरुले‘ आफूहलाई बिहे गर, तर नमार’ भनेर अनुनय–विवनय गर्दा पनि फोरमका ती बलाारीहले उनीहरुलाई छोड्नुको साटो जिउँदै आगोमा लगाइएर मारेको पुर्ब माओबादीहरु बताउछन् ।
बलात्कृत भएपिछ उनीहले भनेका थिए, ‘बरु बिहेगर, हामीलाई नमार।’ तर, उपेन्द्र यादवका कायकर्ताले मिहलाको निप्पल काटेर, बलात्कार गरेर, योनीमा लाठी धुसाएर, ढुंगाले टाउकोमा हानेर, काटेर बलि चढाएर २८ जनाको बर्बर हत्या गरेका थिए।

उक्त घटनाका कारण कारण घटनाको चार–पाँच दिन सम्म पनि बजार खुल्न सकेको थिएन। तर, माओवादीले नरसंहारमा जनताको कुनै दोष नरहेको र अपराधीबाहेक अरुलाई केही नहुनेकुरा बताएपिछ विस्तारै जनजीवन सहज बन्दै गएको थियो । पीडितहरु भछन् नाम नभन्ने शर्तमा भन्छन् ‘ती हत्यारा फटाहाहरु अझैपिन यहींवरपर घुिमरहेका छन्। तर, प्रहरी प्रशासनले कुनै कारबाही गर्दैन ।’
प्रहरी कायालय गौरका एसपी रामकुमार खनाल भने त्यहाँ घटना भइसकेपिछ आफू नै चार पटक सम्म गइसकेको, जनता आतंकित भएको भन्ने कुरा सही नभएको बताएका छन् ।

नरसंहारका मु योजनाकार उपे यादव र उसलाई निजकबाट सहयोग गनअपरािधक गिरोहहरु बबन सिंह, ललन सिंह, चीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शूसाह, बलराम सिंह कुंवर, गणेशमान यादवलगायतका रहेका छन्। चिका सिंह, अजय गुप्ता, बलराम सिंह कुँवर योजनाका मुख्य नाइकेहरु भएको माओवादीहरुले बताएका छन्।

यस बर्बर र देशकै अमानविय घटनामा त्यसताका मधेश आन्दोलनको कमाण्डीगं गरेका बर्तमान शक्तीशाली उपप्रधानमन्त्री उपेन्द्र यादब तानिने संकेत देखिएको छ, अर्कातिर बलात्कार काण्डमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको चर्चा सामाजिक संजालमा ब्यापक नै देखिएको छ, राईमाथी धावा बोल्दै एक महिलाले बिभिन्न युट्युव च्यानलमा अन्तरवार्ता दिँदै आफूलाई राष्ट्रपति कार्यालयमा समेत मुख्यमन्त्री राईले यौन हिँसा गरेको बताएकी छन् । तराईको कार्यक्रममा नै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले पनि अपराध गर्ने जोकोहीलाई पनि सरकारले नछाड्ने बताएका थिए । तत्कालीन माओबादी मधेशी मोर्चासंग रुष्ट त छँदैछ त्यसमा पनि गिभ एण्ड टेकका हिसावले चलाएको नेकपासँगको समिकरणमा यस घटनाले अर्थपूर्ण राजनीति देखिने सम्भावना बलियो बन्दै गएको छ ।