प्रदेश 1

काँग्रेसबाट धरानको मेयरमा तिलक राई सर्बसम्मत् सिफारिस, लालकिल्ला तोड्ने दाबी

काठमाडौं । ०७४ सालको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बासँग पराजित भएका तिलक राईलाई नेपाली काँग्रेसले सम्पन्न हुन लागेको उप निर्बाचनमा मेयरमा टिकट दिएको छ । धरान उपमहानगरपालिका र जिल्ला काँग्रेसबाट उनको उमेर्द्वारी पक्का भएपनि आज बस्ने भनिएको काँग्रेस पदाधिकारी बैठकले तिलक राईको उमेर्द्वारी टुंगो लगाउने अनुमान लगाईएको छ ।

नेपाली कँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामागं उक्त उमेर्द्वारीका लागि प्रवल दाबेदार भनिएपनि उनी पछाडि हटेपछि तिलक राई नै काँग्रेसका सर्बसम्मत् उमेर्द्वार हुने सम्भावना देखिन्छ । ०७४ सालमा २० हजारभन्दा बढी मत ल्याएर विजयी भएका तारा सुब्बाको काठमाण्डौको एक अस्पतालमा उपचारको क्रममा निधन भएपछि धरानमा मेयर पदल खाली छ ।

नेकपाले भने मेयर पदका लागि अफ्नो उमेर्द्वार टुंगो लगाउन सकेको छैन । एकातिर तत्कालीन एमालेसंग झण्डै पाँच हजारको अन्तरमा पराजित भएका काँग्रेसका प्रत्यासी राईले पछिल्लो समयमा नेकपा सरकारप्रति देखिएको जनताको चरम असन्तुष्टीलाई आत्मासाथ गर्दै जित्ने सम्भावना बलियो देखिएको छ । अर्कातिर पहिलो निर्बाचन लड्दा माओबादी केन्द्र र एमाले छुट्टै पार्टी थिए भने अहिले एउटै भएपछि त्यसबेलाको मत जोड्दा झण्डौ १६ हजार अन्तर देखिन्छ । तीलकको १६ हजार भन्दा केही बढी मत थियो भने तारा सुब्बाको २० हजार माथी र माओबादीका उमेर्द्वारको ११ हजारको हाराहारीमा मत थियो । यसरी जोड्दा नेकपाको ३२ हजारको हाराहारी र काँग्रेसको १६ हजारको हाराहारीमा मत छ । जोडघटाउलाई मात्र विश्वास गर्ने हो भने काँग्रेस स्थानीय स्रोतका अनुसार संघीय समाजबादी र लिम्बुवानलाई काँग्रेससंग तालमेल गराउने हो भने काँग्रेसको पोल्टामा मेयर कन्फर्म पर्नेछ । नमिलाउदा पनि काँग्रसको नराम्रो भने होईन । 

राजनीतिक विश्लेशककको भनाई मान्ने हो भने त्यसबेलाको मतलाई हिसाव गरेर यसले जित्छ भन्ने अनुमान गर्नु सही होईन, बर्तमान राजनीतिक परिस्थितिलाई हरेर मुल्याँकन गर्नु राम्रो हुन्छ । उनको भनाईमा त्यसबेलाको तुलनामा नेकपा ठूलो पार्टी भएपनि अहिले उसको जनस्तरमा साख गुमेको छ यसै भन्न सकिदैन । काँग्रेसले जित्दैन भनेर भन्ने अवस्था छैन । जनताको तल्लो स्तरको सरकारप्रतिको असन्तुष्टी हेर्ने हो भने काँग्रेसले अत्याधीक मतले धरानमा जित्छ, लाल किल्ला नै तोड्छ तर ठोकुवा भने गर्न सक्ने अवस्था छैन ।

स्थानीय काँग्रेसीहरुले पनि लामो समयदेखी लालकिल्लाको रुपमा रहेको धरानमा लालकिल्ला तोडेर आफ्नो पार्टीबाट सिफारिस भएका तिलक राईलाई जिताउने दाबी गरेका छन् । नेकपाका नेता कार्यकर्ता भने विगतमा जस्तै आफ्नो उमेर्द्वारले जित्नेमा आशाबादी देखिएका छन् ।