अन्तर्राष्ट्रिय

प्रहरी कारबाहीमा ब्राजिलमा १७ को मृत्यु

एजेन्सी । ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो,” एक प्रहरी अधिकारीले भने । उनले थपे, “त्यसपछि उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको थियो ।”लागुऔषध प्रयोगकर्ता र कारोवारीका विरुद्धमा विषेश अभियान नै चलाएको ब्राजिलको प्रहरीले यो घटनालाई सफलताको रूपमा लिएको छ ।

घटनास्थलबाट प्रहरीले १७ वटा हतियार पनि बरामद प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । लागुऔषधको कारोवार नियन्त्रण गर्न ब्राजिलको उत्तरी क्षेत्रमा धेरै समूहले काम गरिरहेका छन् ।

त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्वको क्षेत्र मानिन्छ ।