समाचार

ज्वरो बढेका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री आज अस्पतालमा नै रहन्छन्ः चिकित्शक

काठमाण्डौ । रेगुलर चेकजाँचका लागि बुधबार बिहानै काठमाण्डौको ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज थप उपचारका लागि अस्पतालमा नै रहने भएका छन् । अस्पतालका डाक्टर प्रा. डा. दिब्या सिंह शाह र डा चक्रराज पाण्डेले स्वास्थ्य स्थीति सामानय रहेपनि आज वा भोलीसम्म आवश्यक चेकजाँचका लागि अस्पतालबाट डिस्चार्ज गरिने बताएका छन् ।

पछिल्लो समय नेकपाका अर्का अधयक्ष पुष्पकमल दहालसँग भेट गरेका अध्यक्ष ओली राजनीतिक तनावमा छन् । प्रधानमन्त्री ओलीमाथी कि सरकारको नेतृत्व गर्नुपर्ने कि त पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै एक ब्यक्ती एक पदको कुरा दह्रोसँग उठेको छ । प्रधानमन्त्री ओली दुबै पद छोड्न चाहदैनन् भने अध्यक्ष दहाल दुईमध्ये एक पद छाड्नुपर्ने पक्षमा रहेका छन् । दहालको उक्त चाहना भएपनि उनले अध्यक्ष ओलीसंग आफूले भन्दा पनि नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताहरुबाट उक्त एजेण्डालाई बलियो बनाउन रणनीति लिईरहेको बुझिएको छ । बैठकमा नै नेता गौतमले उक्त कुरा उठाएका थिए । अब छठ पछि बस्ने बैठकमा उक्त कुराले प्राथमिकता पाउने अनुमान छ ।

अध्यक्ष दहालले भेटमा ओलीलाई भद्र सहमतीबारे समेत कुरा गरेको हुनसक्ने अनुमान राजनीतिक बृतमा लगाईएको छ। पाटी एकीकरण भएपनि सबै तह तप्का नमिलेकाले प्रधनमन्त्रीलाई दहालको दबाबले समेत झनै तनाव दिएको हुन सक्ने देखिएको छ । प्रधानमन्त्री ओली बिदेश भ्रमणबाट आएपछि तिहारको टीका लगाएका भोलीपल्ट धपेडी परेर समेत बिरामी भएका हुन् । उनलाई डाक्टरले आराम गर्न भनेपनि प्रधानमन्त्रीको पद नै ब्यस्त हुने हुँदा उनलाई समस्या परेको हुन सक्छ । आज भने ज्वरो बढेका कारण प्रधानमन्त्री ओली अस्पतालमा नै रहने बताईएको छ ।