राजनीति

जनताबिरुद्ध अन्याय रहिरहे सरकार बिरुद्ध म नै आन्दोलन गर्छुः अध्यक्ष दहाल

काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दहालले मधेश र मेधेशी जनताका लागि आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड सडक निर्माणका लागि आफूले सम्बन्धीत मन्त्रीसाग कुरा गरिसकेको दाबी गर्दै मधेशी जनताको अधिकारका लागि काम नभए आफू आफ्नै सरकारबिरुद्धमा समेत उत्रिन तयार रहेको बताएका हुन् ।

प्रदेश नम्बर २ महोत्तरीको पीपरामा आयोजित छठ पर्वको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ज्यूले नै समृद्धीको नेतृत्व गरिरहेकाले मधेशका जनताका लागि रहत मिल्ने कुरामा विश्वस्त रहन मधेशी जनतालाई आग्रह गरे । उनले आफ्नो पहिलेदेखीनै मधेशी जनतासँग प्रम भएको र फेरीपनि हुने बताउँदै आफु दोस्रोपटक प्रधानमन्त्री हुँदा मधेशमा एक अर्बको बजेट पारेको सम्झन आग्रह गरे ।

अध्यक्ष दहालले संबिधान संसोधनका लागि आफू र प्रधानमन्त्री ओलीबीच दुईबुँदे सहमती भएको बताउदै मधेशी जनताका लागि आफू सदैब उदार रहेको दाबी गरे । उनले आफूले मधेशी जनताका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।