प्रदेश 2

सिरहाबाट पटाका बरामदः जुवातास खेल्ने आठ जना पक्राउ

लहान । सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले सिरहाको नवराजपुर गाउँपालिका–४ र ५ को विभिन्न स्थानबाट पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नवराजपुर र सीमा प्रहरी चौकी नवराजपुरबाट खटिएको सयुंक्त टोलीले अवैधरूपमा भारतबाट नेपालतर्फ ल्याएको रु ५२ हजार मूल्य बराबरको तीन बोरा पटाका बरामद गरेको हो ।

बरामद गरिएको उक्त परिमाणका पटाकालाई सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बल नवराजपुर कार्यालयमा आज नष्ट गरिएको सशस्त्र प्रहरी बल नवराजपुर ९बिओपी०का प्रमुख सशस्त्र प्रहरी निरीक्षक कञ्चन थापाले जानकारी दिएका छन् ।

जुवातास खेल्ने आठ जना पक्राउ

जुवातास खेल्ने क्रममा रु ७५ हजारसहित आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका–१५ माडरमा जुवातास खलिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रु ७३ हजारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका मोहमद रफिक, जावेद खान, श्यामकुमार यादव, रञ्जित यादव, दिनेश यादव, सञ्जीवकुमार महतो र गोलबजार नगरपालिका–८ का सिकिन्द्र साफी छन् । पक्राउ परेकामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।