सामाजिक सञ्जाल

अपराधीको संरक्षण गर्ने हामी पनि अपराधी हौंः प्रवक्ता शर्मा

काठमाडां । नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले एउटा अपराधिको संरक्षण गर्ने व्यत्ति पनि अपराधि नै हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले राजनीतिक दलले पार्टीको नेता कार्यकता भनेर संरक्षण गरे यसको सांवा ब्याज जनताले तिर्ने बताएका छन् ।

उनले आलम जोगाउन कांग्रेस र बसरुधिनलाई बचाउन नेकपालाई राजनीति नगर्न आग्रह पनि गरेका छन् । जुन सुकै ब्यक्तिहरुले शक्तिको आडमा गरेको अपराध अन्त्यको लागी कार्बाही गर्नुपर्ने उनले बताएका छन् ।

उनको ट्वीटः आलम जोगाउन कांग्रेसले राजनीति नगरोस्१बसरुधिन बचाउन नेकपाले राजनीति नगरोस् यी ब्यक्तिहरुले शक्तिको आडमा गरेको अपराध अन्त्यको लागी कार्बाही होस् । हाम्रो नेता हाम्रो कार्यकता भनेर पार्टीले संरक्षण गरे यसको सांवा ब्याज जनताले तिर्नेछन । अपराधीलाई जोगाउने हामि पनि अपराधी हौ ।