प्रवास

अमेरिकामा रहेका नेपालीले मनाए भाइटिका

काठमाडौं । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार ११ स्५५ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका लगाईएको छ ।

चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । मंगलबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा दिदिबैनी नहुनेहरु दाजुभाई नेपाल गएका छन् भने अमेरिकामा रहेका दाजुभाई भेट्न दशैँ र तिहारको लागि नेपालबाट पनि दिदिबहिनिहरु पनि अमेरिका आई दाजुभाईलाई टिका लगाई दिएका छन् । अमेरिकाको नागरिकता प्राप्त गरे पछि आफ्ना बुवाआमारदिदीबहिनीरदाजुभाई समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाएका छन् ।

यस दिन कौडा खेल्दा शुभ हुने भएकोले कतै कौडा समेत खेलेका छन् भने मनोरंजनको लागि तास पनि खेलेका छन् । नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्ताले ईसाईहरुको मुख्य क्रिसमस  ईसाई पर्व ( थ्यांक्स गिभिंग ) धन्यवाद दिवस आदी बारेमा सानै देखि जानेका र बुझेका हुन्छन ।

यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् । बिगत केही बर्ष देखि नेपाली समुदायको पहिलो पुस्ताले देउसी भैलो खेल्दै अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरुलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।