समाचार

नेवार समुदायको महत्वपुर्ण चाड–किजा पूजा (भाईटिका) आजः सरकारद्धारा सार्वजनिक बिदा

काठमाडौं । नेवार समुदायले आज महत्वपुर्ण चाड किजा पूजा अर्थात भाईटिका मनाउँदैछन । भाईटिका हिजो मनाईए पनि यस बर्षको पात्रोमा केहि फरक परेकाले काठमाडौंका नेवार समुदायले भने आज मनाउन लागेका छन् ।

विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएका छन् । नेवाः परम्परा र व्यवहार अनुसार कार्तिक ११ गते लछिमि पुजा, १२ गते नेपाल संवत नयाँ वर्ष न्हू दँ र म्ह पुजा रहेकोले आज गते किजा पुजा अर्थात् भाइटिका मनाउन लागेका हुन् ।

तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो । कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब(किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमाराख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका लगाउछन्, जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ ।

नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजदेखि सगुन दिने चलन पनि रहेको छ । पञ्चतत्वको सगुन दिनेदेखि पुजा गर्ने र आफ्नो भाइको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताका लागि नेवा समूदायमा तिहार प्रसिद्ध छ । यस्तै नेवार समुदायको किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।