अन्तर्राष्ट्रिय

इजिप्टको मजबुत आर्थिक वृद्धिले मध्यपूर्व र उत्तर अफ्रिकाको अर्थतन्त्रमा राहत हुने आइएमएफको विश्वास

एजेन्सी । इजिप्टको तीव्र आर्थिक वृद्धिले मध्यपूर्व तथा उत्तर अफ्रिकाको अर्थतन्त्रलाई सहयोगी सिद्ध हुने अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले जनाएको छ । आइएमएफको ‘रिजनल इकोनोमिक आउटलुक’ का अनुसार मध्यपूर्व र उत्तर अफ्रिकाका तेल निर्यात गर्ने मुलुकहरूको वास्तविक कुल ग्राहस्थ उत्पादन ४।४ प्रतिशत पुग्ने बताइएको छ । सन् २०१९ मा इजिप्टका लागि गरिएको प्रक्षेपणभन्दा यो निकै नै मजबुत अवस्था हो ।

रिपोर्टले विगत केही बर्षदेखि कमजोर इजिप्टको अर्थतन्त्रमा पुनर्जीवन दिएको छ । इजिप्टमा पर्यटन क्षेत्र तथा प्राकृतिक ग्यास उत्पादन वृद्धिका लागि आह्वान गर्दै भएका दुई आन्दोलनका क्रममा यहाँको आर्थिक वृद्धिदर कमजोर बन्न पुगेको थियो । इजिप्टमा राष्ट्रिय अर्थतन्त्र सुधार कार्यक्रम अन्तर्गत ल्याइएको सामाजिक सुरक्षा कार्यक्रमबाट करिब एक लाख नागरिकले लाभ लिएका र यसले राष्ट्रको आर्थिक भारलाई राहत भएको छ रिपोर्टमा उल्लेख छ ।

इजिप्टको अर्थतन्त्रले तीव्र वृद्धि हाँसिल गरेको र यो दर यस क्षेत्रकै सबैभन्दा उच्च रहेकोले यसले चालु निक्षेप घाटालाई घटाउन योगदान गरेको रिपोर्टले देखाएको छ । यसका कारण वैदेशिक मुद्रा सञ्चितिलाई बढाएको तथा आम ऋण, बेरोजगार दर र मुद्रा स्फीति दरमा कटौति गर्न योगदान पुगेको छ ।

अस्थिर र परिवर्तनशील तेलको मूल्य, विश्वको आर्थिक वृद्धिदरमा व्यापार विवादको प्रभाव, विश्वव्यापी राजनीतिक अस्थिरताका बीच पनि इजिप्टले निरन्तर आर्थिक वृद्धिदर गर्न सफलता मिलेको हो । इजिप्टले ल्याएको सन् २०१६ ल्याएको आर्थिक सुधार कार्यक्रमबाट आइएमएफको १२ अर्ब अमेरिकी डलर बराबरको ऋण चुक्ता गर्न सफल भएको छ ।

इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले राज्य सञ्चालित अहराम पत्रिकालाई आइतबार दिएको अन्तवार्तामा इजिप्टले चाहेमा आइएमएफबाट आगामी बर्षको मार्चसम्ममा नयाँ ऋण लिने र नयाँ सम्भावनाका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।