खेलकुद

नेपालले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज (बुधबार) थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन् । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो ।

नेपाल र थाइल्याण्डबीचको खेल आज अपरान्ह ४ बजेपछि सुरु हुनेछ । थाइल्याण्डविरुद्ध नेपाल मुख्य स्पाइकर सरस्वती चौधरीबिना कोर्ट उत्रनेछ । गत बिहिबार जापानको जुनियर टिमविरुद्ध एंकलको चोट बोकेका सरस्वती एक साता मैदान बाहिर रहने छिन् ।

यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू(१८ विश्व विद्यालय टिमसँग ३(० को सोझो सेटमा पराजित भएको थियो ।

त्यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३(१ को सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू(२३ टिमलाई ३(१ को सेटमा हराएको थियो । तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३(१ को सेटमा हराएको थियो । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।

नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।