प्रदेश 1

मनोज गजुरेल, अशोक दर्जीले सुनसरी तताउने, बिहिवार बसन्तऋतुमा भब्य कार्यक्रम

इटहरी । बराहक्षेत्र नगरपालीका वडा नम्बर ७ (तत्कालीन महेन्द्रनगर गाबिस वडा नम्बर ४, ढिकझोरा) चक्रघट्टीमा स्थापीत सप्तकोसी युवा क्लवले बृहत साँस्कृतिक कार्यक्रम गर्ने अन्तिम तयारी गरेको छ । यस बर्षको बडा दशैं, शुभदीपावली तथा छठ पर्वको अवशरमा गर्न लागिएको उक्त कार्यक्रममा काठमाण्डौबाट चर्चित बरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेल, कलाकारहरु टंक बुढाथोली, मेलिना राई, अशोक दर्जी, एआर बुढाथोकी लगायत उपस्थिति हुने टुंगो लागिसकेको छ ।

२०१९ सालमा स्थापीत बसन्तऋतु माद्यमिक बिद्यालयमा बिहिवार सम्पन्न हुन लागेको साँगीतिक कार्यक्रममा भाग लिन पाउदा कलाकार गजुरेलले आफूलाई खुशी लागेको बताए भने सप्तकोषी युवा क्लवका सचिव लेखनाथ न्यौपानेले कार्यक्रमलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने दाबी गरे ।

साँगीतिक कार्यक्रमले स्थानीय तथा सुनसरीबासीलाई भरपुर मनोरञ्जन दिने मुख्य उद्येश्य रहेको हुंदा अध्यक्ष कपिल आचार्यले टिकट खरिद गरी मनोरञ्जन लिन आग्रह गरेका छन् । कार्यक्रमका लागि स्थानीय क्षेत्रबाट बैदेशीक यात्रामा गएका बिभिन्न ब्यक्तीहरुले आर्थिक सहयोग गरिरहेको समेत आयोजकले जनाएको छ ।

स्थानीय युवाहरु कार्यक्रम सफल बनाउन सकृय रहेका छन् । बिगतका बर्षहरुमा यस्ता प्रकारका साँस्कृतिक कार्यक्रमहरु भएपनि यस बर्षको जसरी राष्ट्रिय स्तरका कलाकारहरु भित्र्याएरु कार्यक्रम नगरिएको स्थानीयको अनुभब छ ।

 

क्लवले सहयोग गर्नेहरुको नामावली सार्बजनिक गरेको छ, सहयोगीहरुको पछिल्ला नामावली

१) श्री रोशन घिमिरे रु ५,०००
२) श्री सन्तोष बर्देवा रु ५,०००
३) श्री यादव आचार्य रु ५,१५०
४) श्री आशिष काफ्ले रु ६,१२७
५) श्री रोहितप्र।दहाल रु ५,१५०
६) श्री बलराम दहाल रु ५,०००
७) श्री गणेश सिग्देल रु १०,१५१
८) श्री प्रदीप आचार्य रु ५,०००
९) श्री गोबिन्द तामाङ रु ५,०००
१०)श्रीअमित भण्डारी रु ११,१५०
११) श्री मणि कु.आचार्य रु २,५००
१२) श्री रोहन तामाङ रु ६,५००
१३) श्री दिनेश दाहाल रु ५,०००
१४) श्री सुमन पौडेल रु ५,०००
१५) श्री मनोज कट्वाल रु२०,०००
१६)श्री किशोर ढकाल रु ३,०००
१७)श्री रमेस आचार्य रु ६,१५०
१८) श्री जसहाङ लिम्बु रु ६,५००
१९) कोरिया बाट सहयोग रु५९,८१५
२०) श्री नबराज न्यौपाने रु ११,०००
२१) श्री मेघराज बजगाई रु ६,५००
२२) श्री हिमाल दर्नाल रु ६,०००
२३) श्री गुणराज आचार्य रु ५,०००
२४) श्री सुरेन लिम्बू रु १०,५००
२५) श्री सुमन आचार्य ज्यु रु ५,०००
२६)श्री सन्तोष घिमिरे रु ५,०००
२७) श्री मोहन सिं दर्जी रु ३,०००
२८)श्री सन्तोष न्यौपाने रु ५,०००
२९)श्री खेम घिमिरे रु ५,०००
३०)श्री उपेन्द्र कट्वाल रु १५,०१५
३१) देबराज निरौला रु ५०००
३२) श्री कुमार बि.क.रु ५,०००
३३) श्री सृष्टि प्रसाईं रु ५,१००
३४) श्री स्वता कट्वाल रु ५,०००
३५)श्री कमल भट्टराई रु १,०००
३६) श्री अरुण थापा रु १,०००
३७) श्री नवराज दर्नाल रु ५,०००
३८) श्री सुमन अधिकारि रु ५,५००
३९)श्री मधुकर तामाङ ज्यु १,०००

जम्मा रु २,९८,१५८