राजनीति

मुलुकको जुनसुकै कुनामा पुगेका नेपालीको जीवन र मृत्युप्रती सरकार गम्भीर बन्नु पर्छः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । देश बाहिर विभिन्न मुलुकमा दिनानु–दिन भईरहेको नेपालीहरुको हत्याप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चासो व्यक्त गरेका छन् ।

प्रवत्ता शर्माले आज एक ट्वीट गर्दै दुनियाँमा जहाँ पुगेका भएपनि हरेक नेपालीको जीवन र मृत्युप्रती गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

बेलायतमा दुइसाता अघि एक नेपाली युवतीको हत्या भएको र तिनदिन अघि भारतको पिथौरागढमा तीन नेपाली युवाको हत्या भएको प्रति दुःख व्यक्त गर्दै उनले त्यहाँका सम्बन्धित निकायले अनुसन्धान गरेको भएपनि सरकारले यसबारेमा चासो राख्न जरुरी रहेको बताएका छन् ।

उनको ट्वीटः बेलायतमा दुइसाता अघि एक नेपाली युवतीको हत्या,तिनदिन अघि भारतको पिथौरागढमा तीन नेपाली युवाको हत्या । त्यहाँका सम्बन्धित निकायले अनुसन्धान गर्दैझनै छन् तर । यसबारे गम्भीर चासो राखौं । दुनियाँमा जहाँ पुगेका हुन् ,हरेक नेपालीको जीवन र मृत्युप्रती गम्भीर बन्नुपर्छ देश ।