पु.समाचार

प्रधानमन्त्रीलाई कांग्रेस नेता गुरुङको प्रश्नः वाइडबडी पचाउने, होली वाइन बाँड्ने र सुन तस्कर बचाउने को ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपि शर्मा ओलीलाई लाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा ट्वीटमार्फत नेता गुरुङले ओलीलाई विभिन्न प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीलाई नेता गुरुङले वाईडवडी पचाउने, सुन तस्कर बचाउने को होला ? प्रधानमन्त्री ज्यु भन्दै गम्भीर प्रश्न गरेका हुन् ।

उक्त प्रकरणमा सरकारले अहिले सम्म कुनै टुंगो लगाउन नसकिरहेको बेला नेता गुरुङले यस्तो प्रश्न ओलीलाई गरेका छन् । प्रहरीले ३३ किलो सुन प्रकरणका अपराधीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन भने होलीवाईनमा स्यम् पधानमन्त्री ओली नै मुछिएका थिए ।

पर्यटन, साँस्कृति तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारी मरेर गएपनि वाईडबडी प्रकरणमा भएको अर्बौंको भ्रष्टाचारको छानबिन रोकिएको छ । यावत कुरााहरुमा भ्रष्टाचार बिरुद्धका अभियान्ता समेत रहेका नेता गुरुगंले यस बिषयमा कडा टिप्पणी गरेका छन् ।
। 

उनको ट्वीटः केपी ओलीलाई प्रश्न : वाइडबडी पचाउने, होली वाइन बाँड्ने, सुन तस्कर बचाउने – को होला ?