राजनीति

अन्तरघात भन्ने शब्द पनि सुन्न चाहन्न, जसरीपनि काँग्रेसले उप-चुनाव जित्नुपर्छः सभापति देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अन्तरघात भन्ने शब्दपनि सुन्न नचाहने बताएका छन् । भक्तपुर काँग्रेसद्वारा आयोजित शुभदीपावली तथा नेपाल सम्बत् २०७६ को उपलक्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उप निर्बाचन काँग्रेसको जिवनमरणको निर्बाचन भएको बताउँदै निर्बँचन क्षेत्रले चाहेको ब्यक्तीले नै टिकट पाउने हुँदा सबैले गुटबन्दीरहित ढंगले काँग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।

सभापति देउवाले सरकारले महंगी जनताले धान्दै नसक्नेगरी बढाएको, कर बढाएर जनतालाई पीडित बनाएको, उपभोक्ता समितिका नाममा भ्रष्टाचारले सीमा नाघेको भन्दै अबको निर्बाचनमा कुनैहालतमा काँग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले सरकारले सम्पती राख्न पाउने जनताको अधिकारमा आँखा लगाएको भन्दै उक्र कार्य गलत भएको बताएका छन् ।

कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिवन खत्री(१), नारायणभक्त खयामली (२) लगायत नेताहरुले बोलेका थिए । उनीहरुले भक्तपुरमा जसरीपनि काँग्रेसलाई जिताएरै छाड्ने बताएका थिए ।