खेलकुद

टी–ट्वान्टी वरियतामा नेपालको सुधारः १२ औं स्थानमा उक्लियो

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी(ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ ।

नेपाल भन्दा तल एक टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । टी(ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।