राजनीति

काँग्रेस अप्ठ्यारोमा परेकोबेला झगडा गर्ने, अध्यक्ष बस्नेत र महासचिव शाही दुबै दोषी हुन्ः डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले तरुण दलको सभापतिलाई महामन्त्री हटाउने अधिकार नभएको जिकिर गरेको छन् । डा कोईरालाले अध्यक्ष र महासचिव दुबैजनाले गल्ती गरेको भन्दै काँग्रेस अप्ठ्यारो परिस्थितिमा भएका बेला एकले अर्कोलाई कारबाही गर्नु ठीक नभएको बताए ।

डा कोईरालाले शेरबहादुर जी ४९ बर्षमा प्रधानमन्त्री भईसकेको दृष्टान्त देखाउँदै ५० बर्ष नाघेको मान्छेलाई नेबिसंघको सभापति बनाउन शेरबहादुरजी लागिरहनुभएको छ भन्ने सुनदा आफू अचमममा परेको बताएका छन् । अर्कोतिर रामचन्द्रजीपनि ५० नाघेकोलाई नै नेविसंघको अध्यक्ष बनाउन खोजिरहेको भन्ने सुनिरहेको छु त्यो गलत हो । यसबाट नेपाली काँग्रेस गलत बाटोमा हिँडिरहेको छ भन्ने प्रमाणित भएको बताए ।

अध्यक्ष बस्नेत र महासचिव शाहीलाई मिलाउन केन्द्रले पहल गनुपर्ने भन्दै अहिले काँग्रेस् नेता कार्यकर्तँबीच झगडा गर्ने समय नभएको बताए ।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले काठमाण्डौको एक पार्टी प्यालेसमा गरेको ६६ औं तरुण दल स्थापना दिवशको अवशरमा आयोजित कार्यक्रममा डा कोईरालाले उक्र कुरा बताएका हुन् । कार्यक्रममा डा रामशरण महत, अर्जुननरसिंह केसी, गुरुराज घिमिरे लगायतका नेताहरु उपस्थिति थियो ।