साहित्य

महाकविको सम्झना, एक रचनालाईमात्र हेरेर चिन्न नहुने विचार

नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य र पहाडी जीवन निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ ।

देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार आयोजना गरेको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचार गोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको÷सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताए । प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिएका थिए । उनले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताए।

कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गरेका थिए । उहाँले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उहाँको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताउनुभयो ।

नुवाकोटको झिल्टुङलाई चिनाउन कुञ्जीनी र पहाडी जीवनले विशेष योगदान पु¥याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति गरेकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताईन् ।

प्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उहाँ बस्नुभएको घरसम्म देवकोटा मार्ग भनेर नामाकरण गरिएको जानकारी दिए । कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतको आ–आफ्ना धारणा राखेका थिए ।

यस्तै कार्यक्रममा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेल लगायतले सिर्जना वाचन गरेका थिए। कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेख्नुभएको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको छ । कार्यक्रममा निभा शाह, अभय श्रेष्ठ र लव प्याकुरेललाई सम्मानसमेत गरिएको थियो ।

देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकोले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताए ।