समाचार

भ्रष्टाचार, बलात्कार र हत्या गर्ने जति ठूलो मान्छे भएपनि कारबाही हुनुपर्छः नेता गुरुगं

काठमाण्डौ । नेपाली काँग्रेसका नेता धनराज गुरुगंले लोकतन्त्रमा जतिसुकै माथिल्लो ओहोदाको व्यक्ति भए पनि हत्या, बलत्कार एवं भ्रष्टाचार जस्ता जघन्य अपराधको आरोप लागेपछि कानुनको काठघरामा उभिनै पर्छ भन्ने तर्क गरेका छन् । नेपाल प्रेस युनियन काठमाण्डौं शाखाको शुभकामना कार्यक्रममा बोल्दै लोकतन्त्रमा बिधिको शासन हुने हुँदा अपराध गर्ने जोकोहीलाई पनि आरोप लागेपछि त्यसको अनुसंधान हुनुपर्ने जिकिर गरेका छन् । हतया गर्ने, बलात्कार गर्ने र भ्रष्टाचार गर्ने ब्यक्तीमाथी अनुसंधान गर्नु र गलत गरेको प्रमाण भेटिए कडा कारबाही गर्नुपर्ने उनको तर्क छ ।

उनी भन्छन्, ‘लोकतन्त्र भनेकै विधिको शासन हो। लोकतन्त्रमा जतिसुकै माथिल्लो ओहोदाको व्यक्ति भए पनि हत्या, बलत्कार एवं भ्रष्टाचार जस्ता जघन्य अपराधको आरोप लागेपछि कानुनको काठघरामा उभिनै पर्छ।’