पु.समाचार

भारतमा नेपाली चेलीलाई अभद्र व्यबाहार र कुटपिट

धनगढी । सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् ।

गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कुटपिट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कुटपिट र दुव्र्यवहार गर्दै आएका छन् ।