समाचार

तरुण दलको चियापान केहीबेरमा– सभापति देउवा, बरिष्ठ नेता पौडेल, उपसभापति, महामन्त्री लगायत आउँदै

काठमाडौं । तरुण दलले कात्तिक १० गते (आज) आफ्नो स्थापना दिवशको अवशरमा गर्न लागेको चियापान कार्यक्रमको तयारी सम्पनन् गरेको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको संयोजकत्वमा गर्न लागेको चियापान तथा भेटघाट कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा प्रमुख अतिथी र बरिष्ठ नेता रामचन्द्र पौडेल बिशिष्ठ अतिथी रहने जनाएका छन् । अध्यक्ष बस्नेत आफैंले सामाजिक सञ्जालमा सकृय भएर कार्यक्रम सफल बनाउन तीब्र प्रचार गरेका छन् ।

कार्यक्रममा उपसभापति बिमलेन्द्र निधि, विजय कुमार गच्छदार, महामन्त्री डा शसाँक कोईराला, पुर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाश सरण महत लगायतका उपल्लो स्तरका नेताहरु तथा केन्द्रीय समितिका काठमाण्डौमा हुनुभएका नेताहरु उपस्थिति हुने बताईएको छ । तरुण दल केन्द्रीय समितिको बैठकले आयोजना गर्ने भनेपछि ७७ वटै जिल्लाका जिल्ला सभापतिहरु उक्त चियापान कार्यक्रम सफल बनाउन सामाजिक संजाल लगायतबाट प्रचार प्रसार अभियानमा सकृय थिए।

विभिन्न जिल्लाका जिल्ला सभापतिहरु अशोक झा, मनोज गुरुगं, सिजन गुरुगं, इश्वर पाठ, गोपाल तामागं, नरुद आलम, लोकेश सिँह, दोर्जे लामा, सुमन लामा, दिल कुमार मोक्तान लगायत ७७ वटै जिल्लाका सभापतिहरुले आ–आफ्नो स्थानबाट कार्यक्रम सफल बनाउन प्रचार अभियान तीब्र पारेका छन् । अध्यक्ष बस्नेतका साथसाथै केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, कोषध्यक्ष विद्वान गुरुगं लगायत दलका सिनियर व्यक्तीत्वहरु बालकृष्ण खाँण, महेन्द्र यादव, उदय शम्सेर राणा लगायत काँग्रेसका सिनियर नेताहरु समेत उपस्थिति हुने कारणले चियापान कार्यक्रम अर्थपूर्ण हुने अनुमान छ ।

पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न हुन लागेको तरुण दलको ६६ बर्ष पुरा गरी ६७ बर्ष लागेको उपलक्षमा गर्न लागिएको चियापान तथा भेटघाट कार्यक्रमका लागि तरुण तलका काठमाण्डौ ललितपुर तथ भक्तपुरका तरुणहरुलाई स्वयम्सेवकका लागि खटाईसकिएको छ । अध्यक्ष बस्नेत, उपाध्यक्ष चापागाई, कोषाध्यक्ष गुरुगं लगायत तरुणहरु एकाबिहानै पार्टी केन्द्रीय कानर्यालयमा स्वयम्सेवाका लागि उपस्थित भईसकेका छन् ।