खेलकुद

टेनिस खेल्न अध्यक्ष थापा चीन प्रस्थान

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा भाग लिन आज चीनतर्फ प्रस्थान गरेका छन् ।

अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । पूर्वउपप्रधानमन्त्री थापाका साथमा उनकी श्रीमती प्रलिता पनि हुन् । उनी कात्तिक १४ गते स्वदेश फर्कनुहुने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।