आर्थिक

प्राइम बैंकका दुई शाखा शाखा टोखामा

काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा शाखाहरुको शुभारम्भ गरेको छ । यस शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक  मनोज पौडेलले बानियांटार शाखाको समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंक नायव महाप्रवन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले बताएका छन् ।