सामाजिक सञ्जाल

डा संग्रौलाको प्रश्नः नेकपा ओली राज जनताको भन्दा पनि पुलिस राजको पर्याय हो र ?

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रोलाले ओली राज प्रहरी राजको पर्याय कि ? भन्ने  प्रश्न उब्जीएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले पछिल्लो समय विभिन्न कलाकार तथा गायक प्रकाउ प्रकरणतिर ईंतिग गर्दै उनले यस्तो बताएका छन् ।

उनले ओली सरकारको हैकममा अब सुन्दर र कुरूप एवं श्लील र अश्लील कला छुट्याउने, कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिस पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई सिकार तुल्याए त पुलिस भएकोले ओली राज्यको पर्याय पुलिस भएको बताएका छन् ।

पछिल्लो समय विभिन्न गाएक तथा कलाकारहरुलाई प्रहरीले गितमा भएको शब्दको विषयमा पक्राउ गर्ने गरेको छ ।

उनको ट्वीटरः  हुँदाहुँदा नेकपा डबलको हैकममा अब सुन्दर र कुरूप एवं श्लील र अश्लील कला छुट्याउने,कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिसरु पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई सिकार तुल्याए त ? पुलिस सरले ? गाँठ्ठे, ओली राज त पुलिस राजको पर्याय पो हो कि ? यसै भन्दैछन् त गोकुल धूप ।