राजनीति

पहिले राजनीतिमा अपराधिकरण हुन्थ्यो अहिले अपराधमा राजनीतिकरण हुन्छः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रसका केन्द्रिय सदस्य धनराज गुरुङले पहिले राजनीति अपराधिकरण भएको र अहिले अहिले अपराधमा राजनीतिकरण भएको बताएका छन् । राजनीतिमा अपाधिकरण भएको प्रति दुःख व्यक्त गर्दै उनले कुनै पनि अपराध घटेपछि त्यस्मा राजनितीक छायाँ लेख्ने परम्परा रहेको बताए ।

एक अनलाईन टेलीभिजनमा अन्र्तवार्ता दिँदै उनले राजनीतिक दल विषेश नभई समग्र राजनितीमै अपराधिकरण भएको बताएका छन् । अपराधको कुनै जात, धर्म, वर्ग, लिङग, क्षेत्र र राजनितीक पार्टि हुँदैन भन्ने मान्यता सबैले राखेमा राजनितीमा अपराधिकरणको अन्त्य हुने उनको भनाई छ ।

यस्तै पार्टिका सांसद आलम प्रकरणमा उनले अपराध गर्ने व्यक्ति जुनसुकै पार्टिको नेता वा जुनसुकै ओहोदाको व्यक्ति भएपनि अपराधिले सजाय पाउनुपर्ने  आफ्नो पार्टिको धराणा रहेको बताएका छन् । 

यस्तै मुलुकमा पविभिन्न अपराधिक क्रिायकलाप वढदै गएको तर्फ ईगित गर्दै उनले जनताको प्रतिनिधित्व गर्ने व्यक्तिले नै मुलुकमा भ्रष्टचार, गुण्डागर्दि, बलात्कार, हत्या–हिँसा जस्ता अपराधिक क्रियाकलाप गरेर जनतामा गलत शन्देश गएको बताएका छन् । यस्ता अपराधिकरण सम्पुर्ण दलहरुमा रहेको बताए ।

अहिले राजनीति भद्रगोल किसिमले भएको बताउँदै राजनीतिक भनेको शुद्ध ढंगले आफनो दृष्टीकोण जनतामा राखेर मत माग्ने भएको उनको भनाई छ । यस्तै फरक प्रसंगमा नेता गुरुङले पार्टिभित्र एकले अर्कालाई दोस दिने प्रवृत्तिले पार्टि कमजोर भएको बताएका छन् । साथै पार्टि कमजोर हुनुमा सबैको दोस रहेको बताएका छन् ।