अन्तर्राष्ट्रिय

‘गोल्डेन टेम्पल’ अवलोकनका लागि ८७ मुलुकका नियोग प्रमुख अमृतसरमा

एजेन्सी । विभिन्न ८७ मुलुकका वैदेशिक नियोगका प्रमुखहरूले ‘गोल्डेन टेम्पल’ को दर्शन गर्न अमृतसार पुगेका मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ । उनीहरूलाई गुरूनानकको ५५० औँ जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि आमन्त्रण गरिएको थियो ।

वैदेशिक नियोग प्रमुखहरूलाई कार्यक्रमस्थलसम्म पुग्दा भारतका संघीय मन्त्री हरदीप सिंह पुरी तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष विनय सहस्रबुद्धेले साथ दिनुभएको थियो ।

समारोहमा पुग्नेहरूमा नेपाल,मालदिभ्स,भूटान, अफगानिस्तान, श्रीलङ्का,अष्ट्रेलिया,मङ्गोलियालगायतका कुटनीतिक प्रमुख तथा उपप्रमुखहरूसमेत पुगेका बताइएको छ । उहाँहरूलाई भारतीय परम्परागत शैलीमा स्वागत गरिएको थियो ।

भ्रमणको व्यवस्था भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, पञ्जाब राज्य सरकार र शिरोमणि गुरूद्वारा प्रबन्धक समितिले गरेका थियो । भारतको संघीय मन्त्रीपरिषद्ले गुरूनानकको ५५० औँ जन्मजयन्तीलाई स्वदेश तथा विदेशमा भब्यतासाथ मनाउने निर्णय गरेको थियो ।