खेलकुद

युभेन्ट्सले हरायो रसियन क्लब लोकोमोटिव मस्कोलाई

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ । घरेलु मैदानमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो ।

युभेन्ट्सको जितमा दुवै गोल ड्याबालाले गरे । उनले खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा गोल गरेका थिए । ड्याबालाको गोल गर्दै युभेन्ट्सले खेलमा पुनरागमन जित रच्न सफल भएको हो । खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो ।

उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए । तर अर्जेन्टिनी फरवार्डले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल रहे ।

समूह डीको खेलमा शीर्ष स्थानको युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ । एट्लेटिको मड्रिड समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । रसियन क्लब ३ अंक सहित तेस्रो स्थानमा यथावत छ ।