आर्थिक

माछापुच्छ्रे बैंक Corporate Super Sixes “Season- 6” को मुख्य प्रायोजक

काठमाण्डौ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा Corporate Super Sixes “Season- 6”को आयोजनाहुने भएको छ । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच Corporate Super Sixes “Season- 6”को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरे । सम्झौतापश्चात यो वर्षको Corporate Super Sixes Tournament को नाम माछापुच्छ्रे बैंक, Corporate Super Sixes “Season- 6” Tournament रहनेछ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

 उँनले पूर्व माझापादेखि पश्चिममा महाकालीसम्म २७१ भन्दा बढि सेवा सञ्जालमार्फत आमनागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिग सेवामात्र नभएर अन्यथुपै कार्यहरुमा सहभागिता जनाउदै आएकोे बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए । प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, Corporate Super Sixes Tournament कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।

माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरुमार्फत बाट ग्राहकहरुमा अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।