समाचार

विप्लव नेकपाका पुर्व केन्द्रीय सदस्य लोहनी पक्राउ

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । लोहनी रातो खबरका सञ्चालक समेत हुन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । 

उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले सोमबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।