खेलकुद

वालेन डी ओर सूचिमा लिभरपुलको दबदबा

एजेन्सी । वालेन डी ओरको प्रारम्भिक सूचिमा ईङ्लिस क्लब लिभरपुलको दबदबा देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचिमा लिभरपुलका ७ खेलाडी परेका छन् । मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन लिभरपुलबाट अवार्डको सूचिमा परेका हुन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचिमा छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचिमा छन् । यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचिमा अटाएका छन् । पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचिमा छन् ।

केही ठुला क्लबका खेलाडी समेत सूचिमा अटाएका छन् । केही ठुला नाम प्रारम्भिक सूचिमा पर्न सकेनन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचिमै अटाउन सकेनन् ।

गत बर्षको च्याम्पियन्स लिग विजेता खेलाडी रहेको लिभरपुलका खेलाडीको बाहुल्यता रहेको सूचिमा प्रिमियर लिग क्लब सिटीबाट दोस्रो धेरै खेलाडी परेका छन् । बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन परेका छन् ।

आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् । रियल मड्रिडका फरवार्ड ईडेन हजार्डले समेत सूचिमा स्थान बनाएका छन् ।