खेलकुद

महिला क्रिकेटः पोखराको जीत

काठमाण्डौ । बुमन च्याम्पियन्स लिग (डब्लुसीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले ललितपुरलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । ललितपुरले दिएको १२३ रनको लक्ष्य पोखराले १७ दशमलव २ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा कविता कुँवरले अविजित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन भने बिन्दु रावलले ४० रन दिइन् । बलिङ्तर्फ ललितपुरकी ममता चौधरी र नेरी थापाले दुई/दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा कविता जोशीले ३१ तथा सम्झना खड्काले १० रन बनाइन् । पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । पोखराले एक जीतसहित प्रतियोगिताको अन्त्य गरेको छ भने ललितपुर पनि जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।