विचार/ब्लग

दशैं भन्दा तिहार झनै रमाईलो…. देउशीरे !

शोभा रावत / विभिन्न धर्म संस्कृती तथा रितिरिवाजले भरिपूर्ण हाम्रो मुलुक हरेक वर्षमा एकपटक बिभिन्न चार्ड–पर्वहरु लिएर आउने गर्दछ । हरेक पर्वको आफ्नै छुट्टै विषेशता र महत्व रहेको छ । जसले छुट्टै पहिचान बोकेका छन्, विभिन्न पर्वले संधै सबैलाई समेटेर, जोडेर राख्ने एक पुलको काम राख्ने गर्दछन् । धर्म संस्कृतिले हरेक मानिसलाई एक– अर्काको धर्म र संस्कृतिको सम्मान गर्न, आत्मिीयता कायम गर्न, समाजमा सभ्य र अनुशाशित जिवन जिउन सिकाउँदछ ।

बिभिन्न धर्म जस्तै हिन्दु नेपालीहरुको महान पर्व दशैंले भर्खरैमात्रै हाम्रो माझबाट बिदा लिएको छ । वर्षमा एकपटक आउने नेपालीहरुको महान पर्व दशैंको बिदाई गरिएसंगै तिहारले पनि पाईला टेकिसकेको छ । सानाले ठुलावडाबाट आशिर्वाद लिएर र सानालाई टीका लगाई आशिस दिई हर्साेउल्लासका साथ दशैँलाई बिदा गरिएको छ ।

दशैंलाई भर्खरै मात्रै बिदा गरिए पछि हिन्दुहरुको अर्काे महान पर्व दीपावली वा तिहारपनि सबैको घर आँगनमा भित्रिसकेको छ । गाउँघर देखी सहरहरुमा तिहारको चहल पहल सुरु भैसकेको छ । तिहारको रौनक गाउँ देखी सहरसम्म छाईसकेको यतिबेला हामी देख्न सक्दछौं ।

हिन्दु धर्मालम्वीहरुको दशैंपछि अर्काे ठुलो पर्व तिहार हो । यो पर्व यस बर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

यो पाँचदिनलाई हिन्दु नेपालीले विशेष महत्वका साथ मनाउने गर्दछन् । काग तिहारको दिन कागलाई, कुकुर तिहारको दिन कुकुरलाई, गोरुको दिन गोरुलाई, गाई–को दिन गाईलाई पुजा गरी मीठो खान दिने प्रचलन रहेको छ । अन्तिम दिनको दिन भने भाईतिहारको दिन रहेको हुन्छ उक्त दिन दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका निधारमा लगाएर पुजा गर्ने गर्दछन् ।

बालकदेखी–बृद्धसम्मले एक समुह बनाई गाई तिहार र भाईतिहारको दिन देउसी, भेलो खेल्ने गर्दछन् । जस्ले त झनै तिहारमा झनै रमाईलो ल्याउने गर्दछ । घर–घरमा गएर आशिर्वाद दिने देउसी, भैलो खेल्ने अनि खेल्ने ठाउँ घरधनी वा डेरावालाले सेलरोटी र पैसा दान दिने गर्दछन् । त्यसपछि भाई टीकाको दिन सुरु हुन्छ । भाईटिकाको दिदी–बहिनी, दाजु– भाईको लागि निकै नै महत्वपुर्ण पर्व मानिन्छ ।

भाईतिहारको दिन दिदी–बहिनीको हातको टीका लगाउनुका लागि मुलुकको जुनसुकै कुनामा भएपनि दाई–भाई तथा दिदी– बहिनी घरमा जम्मा हुने टीका लगाउने र रमाईलो गर्ने गर्दछन् । तिहार यस्तो पर्व जो जस्ले दिदी बहिनी– दाजुभाईको सम्बन्धलाई संधै प्रगाढ, स्नेह र मायाँसंग जोडेर राख्ने गर्दछ । भाईटीकामा सप्तरंगी टीका ल गाएपछि मखमली, सयपत्रीको माला लगाई दिएर लामो आयुको कामना गर्ने गर्ने गर्दछन् । दाजु–भाईलाई टीका लगाउनु पुर्व भरको दैलोको संघारमा ओखर फोरेर आफनो दाजु–भाईको सत्रुनासको कामना गर्ने र शीरमा तेल लगाउँदै आशिर्वाद र दिने उपहार गर्दछन् । त्यसपछि दिदीबहिनीले टीका लगाएपछि दाजुभाईले पनि टीका लगाई आशिर्वाद, दक्षीणा र उपहार दिने गर्दछन् ।

तिहार पर्वपरापुर्व कालदेखी मनाउँदै आएको महत्वपुर्ण पर्व हो । पाँच दिनसम्म मनाईने तिहारको बारेमा विभिन्न हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूमा पनि विभिन्न कुरा उल्लेख गरिएको छ । तिहार मनाउनुको विभिन्न मान्यता रहेको छ । तिहारमा घरलिपपोत गरी ममबत्ती, दियो वा अन्य आधुनिक बत्ती बाली घर भिलिमिलि बनाउने प्रचलनले समेत तिहारको मजा नै बेग्लै भएको सर्बसाधारण नेपालीहरुको अनुभव छ ।

भनिन्छ सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागकी थिइन् ।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको भन्ने परम्परा रहेको छ ।  तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले अझ प्रगाढ पार्ने गर्दछ ।

मुलुकमा तिहार सुरु हुनैलाग्दा यतिबेला तिहारको रौनक चारैतिर छाएको छ । दशैका बेला शुन्य भएको केन्द्रिय राजधानी काठमाडौंमा फेरी पनि तिहारको चहल पहलले भरिँदै गएको छ । सरकारी बिदा समेत हुने हुनाले झनै सडक नै रंगीन हुन्छ । पटका पड्काउने प्रचलनलाई तिहारको बिकृतीको रुपमा लिदै प्रहरीले निगरानी गर्दै पडकार पड्काउन प्रतिबन्ध लगाएको छ ।

दशैमा प्राय मानिस गाउँमा जाने गरे पनि तिहारको बेला सहरमै बस्ने हुँदा पनि तिहारको रमझम काठमाडौंमा झनै देखिन्छ ।  तिहार सुरु भएसंगै सहरका गल्लिहरु तथा घरहरुमा विभिन्न रंगिबिरंगी बत्तिहरुको झिलिमिलले झनै सहरलाई नै उज्यालो पार्ने हुँदा त्यतिबेलाको बातावरण झनै हेर्नै लायक नै हुन्छ ।यस्तै तिहारमा विभिन्न परिकारहरु रोटिहरु, रङ्गहरु, उपहारहरु बनाउने सामागी्रहरु किन्नेको भीड यतिबेला सहरका पसलहरुमा भीड लाग्ने गरेको छ ।

तिहारको रोटिका लागि चाहिने तेल, मैदा किन्ने हरुको घुँईचो पसलहरुमा देख्न सकिन्छ । यस्तै सिन्कामारी बनाउनलाई यतिबेला सबै ब्यस्त देखिन्छन् । मध्यपश्चिम तथा सुदस्रपश्चिमतिर हिन्दुहरुको महान पर्व तिहारको हाम्रो समाजमा छुट्टै पहिचान रहेको छ ।केही अलि बढि तडक भडक र खर्चालु रुपमा मनाउनाले आफ्नो संस्कृती भुलेर केहि फरक गर्न बहानामा बिदेशी सिको गरिरहेको चाडपर्वलाई परम्परागत रुपमा मनाउनु पर्नेमा आधुनिकताको नाममा गरीब जनताले मनाउनै नसक्ने गरी चाडपर्वलाई विकशत गरेको भन्ने आरोप लाग्दै चाडपर्वको स्वरुपै परिवर्तन गर्नेमा सबै सचेत नेपालीहरुले बिरोध गरेका पनि छन् ।

धर्म संस्कृत भनेका हाम्रा सम्पत्ती हुन्, पुर्खाले छाडेर गएका गएका यस्ता महत्वपूर्ण संस्कृतिलाई बचाउन हामी नेपालीहरुको कर्तव्य हो । विकृतिको बारेमा बेलैमा सबैले गम्भिर भएर सोच्न अरुरी छ अन्यथा हाम्रा संस्कृतीहरु मासिन नदिन सरकार तथा सम्बन्धीत निकाय जिम्मेवार भएर लाग्न जरुरी छ ।