मनोरञ्जन

गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)

काठमाडौं । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है ” गीतको भिडियो बजारमा आएको छ । नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ ।

आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।महेश महरा र प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“नबोलाउ है ” गीतको भिडियोमा नविन विरही श्रेष्ठ र रञ्जिता तामाङ को निकै भावुक अभिनय रहेको छ । “नबोलाउ है ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।