मनोरञ्जन

गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित ।

काठमाडौं । नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७ रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापा को आवाजमा “चोखो माया ” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युुवती विचको भावनात्मक माया प्रेम लाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आम दर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए । टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

आफुलाई माया गर्ने मायालु सगँ प्रेमका सुनौला सपनाहरु सजाउनको लागी आफु निकै हतारिएको गायिका ले बताएकी छन । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । “चोखो माया ” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः