समाचार

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ ।

काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९एमबिबीएस १०० र बिडीएस ५०० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ९एमबिबीएस ६५०, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल एमबिबीएस ८५ र बिडीएस ५००, नोबेल मेडिकल कलेज ९एमबिबीएस १०० र बिडीएस ३५० ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज ९एमबिबीएस ७५०, काठमाडौँ मेडिकल कलेज ९एमबिबीएस १०० र बिडीएस ५००, नेपाल मेडिकल कलेज ९ एमबिबीएस १०० र बिडीएस ५००, कलेज अफ मेडिकल साइन्सेस ९ एमबिबीएस १०० र बिडीएस ५०० र लुम्बिनी मेडिकल कलेज ९ एमबिबीएस १०००, नेपालगञ्ज मेडिकल कलेज ९एमबिबीएस १०००, मनिपाल मेडिकल कलेज ९एमबिबीएस १०००, देवदह मेडिकल कलेज ९ एमबिबीएस ५०० र कान्तिपुर डेन्टल कलेज ९बिडीएस ५०० को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो ।

उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।