प्रवास

स्वदेशमै लगानीगर्न प्रधानमन्त्रीद्वारा गैरआवासीय नेपाली संघलाई आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्मस्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभएविदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासकालागिविविध क्षेत्रबाट योगदानगर्न आह्वान गरे ।

भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिकय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरि बधाई–सुभकामना दिँदै उनले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कार्वाही चलिरहेको बताए । सुशासनकादिशामाउल्लेखनीयकामहरु भइरहको बताउँदै उनले भने ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’

प्रधानमन्त्रीले  भने, ‘गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिकजागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूतगतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिकानिर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उनले भने, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टिकय रुपमै नेपालको छवि माथि उठेको छ ।’ 

 

प्रधानमन्त्रीले अगाडी भने, ‘गैरआवासीय नेपालीले परिचयपत्र पाउने छन, जसमा राजनीतिक अधिकार वाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविध वा लगानीगर्न सहजहुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’ उनले अगाडि भने, अरु देशमाकाम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षितहोस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमाध्यान पु¥याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।

प्रधानमन्त्रीले भने, ‘हामी आग्रह गर्दछौं, नेपालीबाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔं । हामी त्यसरी फर्किएर आउनेहरुकालागि आवश्यक सुविधा प्रदानगर्न चाहन्छौ । तर बाहिर जाने नै हो भने पनिदक्षभएर जानु पर्छ भन्ने कुरामाहामीजोड दिन चाहन्छौ, आवश्यकतालिमदिएर विदेश जान सुझाव दिन्छौ । बाहिर गएकाहरुबाट देशभित्रप्रविधि हस्तान्तरण हुन सकोस, यहाँका नेपालीहरुलाई तालिमदिन सरकार गैरआवासीय नेपालीहरुको संघसँग सहकार्य गर्न तत्पर छ । तालिमदिने संस्था सहकार्यमा खोल्न पनि सकिन्छ ।’