आर्थिक

सिटी एक्सप्रेस मनिट्रान्सफरमा टिभी उपहार

काठमाण्डौ । सिटी एक्सप्रेस मनिट्रान्सफर र NS Cashpoint/LuluExchange मलेशियाको संयुक्तपहलमा Scratch and win Promotion अगस्ट १०,२०१९ देखि सुरु भएको थियो । यो प्रमोसन केबल एन् एस् क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्रलागु हुनेछ जस्मा पैसा पठाए बापत कुपन प्रदान गरिने छ । र सो कुपन मार्फत ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।

सोहीप्र मोसन मार्फत नरेश थकुल्लाले ३२’’को टिभी उपहार जित्नु भएको छ । थकुल्लाले एन् एस्क्यास पोइन्टको Port Klang ब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए । यस्तै बिभिन्न उपहारहरु जित्नको लागिएन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट सात हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदानगर्दै आइरहेको छ ।