आर्थिक

एन आई सी एशिया बैंक र संस्कृति इन्फोएज हवाई टिकटमा क्यास ब्याकको सम्झौता

काठमाण्डौ । एन आई सी एशिया बैंक र संस्कृति इन्फोएजबीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा पँच सय क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा तीन सय क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एन आई सी एशिया नेपाल, भारतका लागि एन आई सी एशिया र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एन आई सी एशिया प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएजको तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरे । कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।