आर्थिक

वाणिज्य बैंकको मोवाईल बैंकि महामेलाका विजयीहरुलार्ई पुरस्कार

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मोवाईल बैंकिगं को प्रवद्र्धनको लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे मोवाईल बैंकिगं महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पांच जना विजयीहरुलाई आईतबार एक समारोहका बिच पुरस्कार प्रदान गरिएको छ ।

सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउनु भएको छ भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले रा.वा. बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताउनुभयो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रा.वा. बैंकसंग सन २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउंदै रा.वा. बैंकको मोबाइल बैंकिङ्गले समाजमा मोबाइल बैंकिङ्गको आवश्यकता सृजना गराएको बिचार ब्यक्त गरे । कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारीहरु र एफवान सफ्टका अनिल रत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।