मनोरञ्जन

जिग्री र पाडेबिरुद्ध कपीराईट मुद्धा, काठमाण्डौ प्रहरीले बोलाएर छलफल गर्ने तयारी

काठमाण्डौ । टेलि सिरियल सक्किगोनीको टिम बिरुद्ध मिडिया हब प्रालीले कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेका बिरुद्ध मुद्धा परेको छ । काठमाण्डौ प्रहरी परिसर टेकुले कपीराईट मुद्धामा निबेदन परेको भन्दै आफूहरुलाई छलफलका लागि बोलाएको अर्जुन घिमिरेले स्वीकार गरेको बताईएकोे छ ।
आफूहरुले उत्पादन गरी दक्ष बनाएका कलाकारहरु लगेर आफूहरुलाई घाटा गराएको भन्दै मिडिया हबका प्रमुख सोम धितालले बताए । काठमाण्डौ प्रहरी प्रवक्ता हविन्द्र बोगटीले निबेदन परेको स्वीकार गर्दै उनीहरुलाई बोलाएर प्रहरीमा छलफल गरिने बताए । उनले अहिले प्रहरी परिसरमा छलफलका लागि निबेददक आईसकेको छ पीडकले छलफलका लागि आउँदै गरेको बताएको पुष्टी गरेका छन् ।